प्रेम दिवसका दिन सौराहा फुड फेष्टिवलमा हात्ती बनभोज हुने, हेरौँ ५ फोटो

चितवन २५ माघ । रेष्टुरेष्ट एण्ड बार एसोसियस(क्षेत्रीय रेवान) सौराहाको आयोजनामा हुने सौराहा फुड फेष्टिवलमा यस पटक हात्ती बनभोजलाई बनभोज खुवाईने भएको छ । रेवान सौराहाको सहकार्यमा बाघमारा मध्यवर्ती समुदायिक वन र चित्रसेन सामुदायिक वनले सयुक्त रुपमा फेष्टिवल परिसरमै हात्तीलाई बनभोज खुवाउने भएका छुन ।

फागुन दुई गते सौराहामा निजी स्तरमा सञ्चालित ५५ वटा हात्तीहरुलाई बनभोज खुवाउने कार्यक्रम तय गरिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । क्षेत्रीय होटल संघ सौराहाले चितवन हात्ती महोत्सवको अबसरमा गर्दै आएको हात्ती बनभोज कार्यक्रम दुई सामुदायिक वनले फुड फेष्टिवलमा पनि गर्न लागेका हुन । हात्तीलाई पोषणयुक्त खानेकुरा खुवाउन र फेष्टिवलमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती बनभोज कार्यक्रम आयोजना गरिएको बाघमारा मध्यवर्ती समुदायिक वनका अध्यक्ष विपी चौधरीले बताए ।

वनभोज कार्यक्रम अन्र्तगत फेष्टिवलको परिसरमा हात्तीलाई लस्करै राखेर उखु,फलफुल,काचो तरकारी लगायतका पोष्टिक खानेकुरा खुवाईने छ । माघ २८ गते दखि फागुन ३ गते सम्म सञ्चालन हुने सो फुड फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । फेष्टिवल सम्पन्न गर्न आवश्यक पर्ने ८० प्रतिशत काम पुरा भएको फेष्टिवलका संयोजक कपिल रेग्मीले जानकारी दिए ।

रत्ननगर ७ स्थित सिसुवार चौरमा हुने फेष्टिवलमा करिव ७० वटा स्टल रहेने उनले जानकारी दिए । जसमा खानाका मात्रै करिव ५० वटा स्टल रहने रेग्मीले बताए । यस पटक विषेश गरी थारु र नेवार समुदायको खानाका परिकारका स्टल रहनेछन् । स्वदेशी र विदेशी खानाका परिकारको समेत स्वाद चाख्न पाउने अध्यक्ष गिरीले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक गरी फेष्टिवलको करिव ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

यस्तै चितवनको सौराहामा यही माघ २८ गते पर्सीदेखी सुरु हुन लागेको १२ औं सौराहा फुड फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सवका लागि आवश्यक स्टल, निर्माण, मंच निर्माण, गेट निर्माण लगायत निमन्त्रणाको काम पुरा भएको आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसीयसन नेपाल(क्षेत्रीय रेवान) सौराहाले जनाएको छ ।
फेष्टिवलको ९५ प्रतिशत काम पुरा भईसकेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
रत्ननगर ७ स्थित सिसुवार चौरमा हुने फेष्टिवलको गेट आकर्षक वनाईएको छ । गेटमा गैडा र बाघको प्रतिमूर्ती वनाईएको छ । बाघ र गैडा चितवनको चिनारी रेवानका अध्यक्ष गिरीले भने – यसको संरक्षण गर्नु पर्छ भन्ने सन्देश दिनका लागि पनि गेटमा प्रतिमुर्ती निर्माण गरिएको हो ।
फेष्टिवलमा यस वर्ष थप आकर्षणका लागि हात्ती वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको रेवानका अध्यक्ष गिरीले वताए ।


बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको सयुक्त आयोजनामा यहाँ रहेका निजी र सरकारी हात्तीहरुलाई वनभोजमा सहभागी गराईनेछ । प्रेम दिवसको अवसर पारेर आयोजना गरिएको फेष्टिवलको प्रचारप्रचारका सहित देशका विभिन्न स्थानमा पुगेर निम्तो बाडेको छ ।
फेष्टिवलमा आन्तरीक पर्यटकलाई निम्तो वाड्न रेवानको टोली पोखरा,वुटवल र कावासोती पुगेर फेष्टिवल अवलोकनका लागि निम्तो दिएको फेष्टिवलका प्रचार प्रसार समितिका संयोजक सुर्य रिमालले जानकारी दिए ।
फेष्टिवलमा करिव ७० वटा स्टल राखिने छ । जसमा खानाका मात्रै करिव ५० वटा स्टल रहने महोत्सवका संयोजक कपिल रेग्मीले वताए ।
रेग्मीका अनुसार यस पटक विषेश गरी थारु समुदाय र नेवार समुदायको खानाका परिकारका स्टल रहनेछन् ।
सौराहा फुड फेष्टिवलको अन्य दिन रु ५० र विद्यार्थीलाई रु २५ भएपनि प्रेम दिवसको दिन रु १०० को टिकटको व्यवस्था गरिएको छ । फेष्टिवलमा करिव ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवबाट भएको वचत मध्ये केही रकम उज्यालो सौराहा, अपांग तथा वृद्धवृद्धा, सौराहा सरसफाईको घुम्ती शौचालय निर्माणका लागि छुट्याईने आयोजकले वताएको छ ।
यस पटक खाना फेष्टिवललाई विषेश सांगेतिकमय वनाउने समेत आयोजकको तयारी छ ।
सास्कृतिक समितिका संयोजक नविन नेपालका अनुसार फेष्टिवलको प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।
राष्ट्रिय कलाकार प्रजापति पराजुली, रमेशराज भट्टराई, उमा गिरी, दुर्गा सापकोटा, प्रमोद खरेल, कमल खत्री, पुर्णकला विसी, सम्झना भण्डारी, चोलेन्द्र पौडेल, मनोज महतो लगायतका कलाकारहरुको प्रस्तुती रहने सास्कृतिक कार्यक्रम संयोजक नेपालले वताए ।