विचल्लीमा परेको कुमाल परिवारलाई शैक्षिक तथा खाद्यान्न सहयोग

चितवन २५ माघ । रत्ननगर ९ कुमालटोलकी शान्ति कुमालको परिवारलाई दैनिक जीवनयापनको लागि आवश्यक पर्ने सामाग्री सहयोग गरिएको छ । रत्ननगर नगरपालिकामा सञ्चालित वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत रत्ननगर उद्योग बाणिज्य संघले शान्तिका छोराछोरीलाई शैक्षिक सहयोग लगायत दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामाग्री सहयोग गरेको हो । श्रीमानले छाडेपछि कुमाल परिवारको विचल्ली भन्ने समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि वालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको उद्योग बाणिज्य संघले सहयोग उपलब्ध गराएको हो । शान्तिका छोरा हिमाल कुमाल र छोरी शुभेच्छालाई शैक्षिक सहयोग गरिएको छ । शैक्षिक सहयोग अन्र्तगत स्टेशनरी,पोसाक,व्याग,जुत्ता मोजा र परिवारको गुजराको लागि चामल,दाल,नुन,तेल,चिउरा,दालमोठ विस्कुट, ग्यास,खाना पकाउने भाडा, लत्ता कपडा समेत सहयोग गरिएको हो । संघमा आयोजित कार्यक्रममा वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपक कुमार कर्माचार्य,रत्ननगर नगरपालिका कार्यपालिका सदस्य सरस्वती लामाले सो सामाग्री शान्तिको परिवारलाई हस्तान्तरण गरेका थिए । सो अबसरमा संयोजक कर्माचार्यले दुई वटा वालवालिकाको लागि विद्यालय निरन्तरताको लागि शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको बताए । उनले खानेकुराको हकमा एक महिनाको लागी पुग्ने सामाग्री हस्तान्तरण गरिएको बताए ।