भरतपुरलाई स्मार्ट सिटि बनाउन परिकल्पनाको रेखा कोर्ने कामको तयारी

 

चितवन, २५ माघ । भरतपुर महानगरलाइ स्मार्ट सिटि बनाउने परिकल्पनाको रेखा कोर्ने महानगरले तयारी गरेको छ ।
स्मार्ट सिटि बनाउनका लागि योजनाहरुको अध्ययन अनुसन्धान गर्न यस आर्थिक बर्षमा नै परामर्शदाता नियुक्त गर्ने महानगरपालिकाले जनाएको छ ।
बृहत एकिकृत सहरी विकास गुरुयोजना अन्तर्गतका योजना सम्पन्न गर्न माघ महिना भित्रै परामर्शदाता नियुक्त गर्न लागिएको भरतपुर महानगरपालिकाका इन्जिनियर कृष्ण बहादुर मल्लले जानकारी दिए ।
गुरु योजनाहरुको अध्ययनका लागि महानगरपालिकाले ५३ लाख रुपैंया बजेट विनियोजन गरेको छ । गुरुयोजना अन्तर्गत भु उपयोग निति, सामाजिक, सांस्कृति, आर्थिक एवं सांगठनिक विकासका योजना, नगर यातायात, पर्यटन विकास लगायत बहु क्षेत्रगत लगानी योजनाहरु रहेका छन् । स्मार्ट सिटि बनाउन आवश्यक पर्ने पुर्वाधार विकासका कामहरु आगामी आर्थिक बर्षबाट मात्र शुरु हुने देखिएको छ ।
भरतपुर महानगरपालिका वडा नं २० मा स्टेडियम निर्माण गर्ने योजना छनौट गरेको इन्जिनियर मल्ले वताए । त्यसको अध्ययनको काम भइरहेको भन्दै उनले यस आवमा महानगरले १ करोड रुपैंया विनियोजन गरेको वताए । यस आर्थिक बर्षमा भरतपुर महानगरपालिकाले एउटा मात्रै आकासे पुल निर्माणको प्रकृया थाल्ने जनाएको छ । महानगरपालिकाको कार्यालय अगाडि एउटा आकासे पुल बनाउने तयारी भएको मल्लको भनाइ छ ।
आगामी बैशाख सम्ममा परामर्शदाता नियुक्त गरि पुलको अध्ययन गरिने उनले जानकारी दिए ।

परामर्शदाताको प्रतिवेदनका आधारमा पुलको लागि बजेट छुट्याइने उनले वताए । आकासे पुलको अध्ययनका लागि महानगरले अहिले ५० लाख रुपैंया छुट्याएको छ ।
महानगरको बिशेष मर्मत सम्भार कोष अन्तर्गत खाल्डाखुल्डी रहित सडक बनाउने रणनिति लिइएको महानगरपालिकाले जनाएको छ ।

Promise Education Consultancy