तेश्रो संस्करणको ‘क्यान इन्फोटेक मेला’ आजदेखी भरतपुरमा सुरु

चितवन, २५ माघ । ‘चितवनको समृद्धि : सूचना प्रविधि’ भन्ने नारासहित जिल्लामा तेश्रो संस्करणको ‘क्यान इन्फोटेक मेला’ आजदेखी भरतपुरमा सुरु भएको छ ।
सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले कम्युटर एशोसियन नेपाल महासंघ (क्यान), चितवनको आयोजनामा भरतपुरको औधोगिक प्रदर्शनी केन्द्रमा सुरु भएको हो ।


५ दिनसम्म चल्ने मेलाको युनाईडेट टेक्नीकल कलेजका विद्यार्थीहरु निर्माण गरिएको रोवटले रिवन काटेर उद्घघाटन गरिएको थियो ।
मेलाको उद्धघाटनशत्रमा बोल्दै चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले अब युग प्रविधिको युग भएको भन्दै प्रविधिमैत्री आधुनिक प्रविधिको प्रयोगमा सबै अग्रसर हुनुपर्ने बताए ।
विभिन्न सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहेको मेलामा ८० कक्ष रहेका छन् ।


यस्तै कम्प्यूटर एसोसियसन नेपालका अध्यक्ष हेमन्तकुमार चौरेसीयाले सूचना प्रविधि विकासका लागि राज्यको सक्रियता कम भएको दुखेसो गरेका थिए ।
मेलामा नेपालमा आइटी सम्बन्धी काम गर्ने कम्पनीले नयाँ प्रविधिका बारेमा प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य कुराहरु एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने व्यवस्था गरिएको छ ।
यस्तै इन्टर कलेज क्वीज प्रतियोगिता, अनुभव आदन प्रदान कार्यक्रम,सामाजिक संजाल र व्यापार सम्वन्धी गोष्ठीले समेत जिल्लामा सूचना प्रविधिको विकासका थप टेवा पुराउने क्यान चितवनका कोषाध्यक्ष दिलिप तामाङ्गले जानकारी दिए ।
उनका अनुसार १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ–नयाँ प्रविधिहरु मेलामा प्रस्तुत गर्ने बताए ।


मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीलाई विद्यालयको पत्रका आधारमा निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
भने मेला उद्धघाटन पूर्व उवासघं चितवनबाट निस्कीएको सचेतना र्याली नारायणगढ बजार हुदै चौविसकोठी, अस्पताल रोड हुदै कार्यक्रम स्थल औद्योगिक प्रर्दशनी स्थलमा पुगेर सभामा परितण भएको थियो ।