नेपाल र नामिबियाबीचको खेल जारी,सोमपाल कामीले लिए २ विकेट

काठमाडौँ,२५ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालले २ विकेट हात पारिसकेको छ। दुवै विकेट सोमपाल कामीले लिएका छन्।

सोमपालले पहिलो ओभरमा भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए। यस्तै उनले पाँचौ ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे। नामिबियाले ५ ओभरमा २ विकेट गुमाएर २७रन जोडेको छ।

खेलमा रोहितकुमार पौडेलले सिनियर टिममा डेब्यु गरेका छन्।