चितवनमा रोलरले किचेर एकको मृत्यु

चितवन,२५ माघ । चितवनमा रालले किचेर एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुरको आँपटारीमा पिच पेल्ने क्रममा रोलरे किचेर बिहीबार बिहान अन्दाजी २९ वर्षका एक व्यक्तिको मृत्यु भएको हो।

पिच पेल्ने क्रममा को १ क ४७८ नम्बरको रोलरले किचेर मानसिक सन्तुलन गुमाएका तेस्रो लिंगी व्यक्तिको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। रोलरले किचेका घाइते भएका ती व्यक्तिलाई उपचारका लागि भरतपुर अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भएको छैन। रोलर र चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको जनाइएको छ।
च्भ

Promise Education Consultancy