चिनियाँ प्रहरीद्वाराअपराधी चिन्न सक्ने चस्मा प्रयोगमा, यसरी गर्छ चस्माले काम

बेइजिङ । चिनिया प्रहरीले संदिग्ध अपराधीको पहिचानका लागि विशेष खालको चस्मा प्रयोगमा ल्याएको छ। सो चस्माबाट मानिसको अनुहारलाई पढेर ती मानिस शंकास्पद रहे नरहेको निक्र्यौल गर्न सकिने बताइएको छ।

चस्माले हरेक व्यक्तिको अनुहार पढेर तिव्र रुपमा आन्तरिक तथ्यांकलाई केलाउँछ। यदि तथ्यांकअनुसार भेटिएमा फरार रहेका तथा कुनै आपराधिक घटनामा संलग्न व्यक्तिलाई पक्रन प्रहरीलाई सहज हुन्छ।

तर आलोचकहरुले भने प्रविधीको सहयोगमा सरकार अझै शक्तिशाली बन्ने टिप्पणी गरेका छन्।

चीनको राज्य संचालित मिडियाका अनुसार सो चस्माको सहयोगमा हालसम्म ७ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने ७ जना मानव तस्कर देखि ‘हिट एण्ड रन केस’का मुद्दामा सम्लग्न रहेको पाइएको छ।

सन्दिग्ध व्यक्तिको पहिचानको लागि चिनिया प्रहरीले हालसम्म मध्य चीनस्थित झेंगझेउको एक व्यस्त रेल स्टेसनमा मात्र सो सौर्यवर्दक चस्मालाई प्रयोगमा ल्याएको छ।

सत्तारुढ पार्टीले संचालन गर्दै आएको पत्रिका पिपुल्स डेलीले सोहि चस्माको प्रयोगबाट नक्कली परिचय पत्रबाहक २६ जनालाई समेत पक्राउ गरिएको छ।

तर सत्ताधारी दलका नेताहरुले यो चस्मालाई आफ्नो राजनीतिक असन्तुष्टि तथा जातीय अल्पसंख्यकहरुको बारेमा जानकारी लिनका लागि प्रयोग गर्नसक्ने भन्दै भय प्रकट गरिएको छ।

यसरी गर्छ चस्माले कसरी काम

प्रहरी जवानले जब कोही व्यक्तिमा नजर लगाउँछन्, तब चस्माले उक्त व्यक्तिको फोटो खिच्छ र आफ्नो डाटाबेसमा भएका व्यक्तिहरुसँग दाज्ने काम गर्दछ। दाँज्ने क्रममा यदि तस्विर मेल खाएमा त्यो व्यक्तिको नाम, ठेगानालगायतको विवरण प्रहरीलाई सुचित गर्दछ।

चीनले पछिल्ला दिनमा आफुले संसारकै सबैभन्दा ठुलो ‘क्यामेरा निगरानी नेटवर्क’ बनाइरहेको दावी गर्दै आएको छ।

चीनमा हालसम्म विभिन्न स्थानमा गरी करिब १ सय ७० मिलियन सिसिटिभी क्यामेरा जडान भइसकेको छ भने आगामि ३ वर्षभित्रमा उसले ४ सय मिलियन नयाँ सिसिटिभी क्यामेरा थप्ने लक्ष राखेको छ।जसमध्ये कतिपय क्यामेरामा अनुहार पढ्नसक्ने प्रविधीलाई जडान गरिने बताइएको छ।