झलनाथ खनाल भन्छन् प्रचण्डलाई अध्यक्ष मान्न तयार छौ

काठमाडौं, २५ माघ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको खुलासा गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने बताउदै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खुलासा गरेका हुन ।

पछिल्लो समयमा आएर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका झलनाथले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिएका छन्।

दुई पार्टीवीचको एकता त भड्किन लागेको चर्चा छ नि भन्ने संचारकर्मीको प्रश्नमा एमाले नेता खनालले भने– ‘एउटा बाटो खोज्नुपर्छ, हामीले सामुहिकरुमा बसेर सल्लाह गर्नुपर्छ, हामी पार्टी एकतालाई भड्किन दिँदैनौं ।’ एमाले नेता खनालले प्रचण्डलाई अध्यक्ष बनाएर भए पनि पार्टी एकतालाई भड्किन नदिइने बताए । उनका अनुसार विगतमा नेकपा माले र मार्क्सवादीवीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर बसको समेत उनले बताए ।