भाग्यमानी सिंहबहादुर जसले वडा सदस्यमा हारेर राष्ट्रिय सभामा जिते

सिन्धुपाल्चोक,२४ माघ। राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा गत बैशाखमा भएकाे स्थानीय  तहकाे  निर्वाचनमा वडा सदस्यमा पराजित भएका सिंहबहादुर विश्वकर्मा विजयी भएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्वसदस्य र हालको सल्लाहकार समितिका सदस्य  समेत रहेका विक वाम गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

विकले ६ हजार ८ सय ५८ मत ल्याएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशरण नेपालीले २ हजार ५ सय ३८ मात्रै मत ल्याएका थिए ।

लिसंखुपाखर गाउँपालिका-७ का विक स्थानीय तहकाे निर्वाचनमा वडा नम्बर ७ बाट वडा सदस्यमा  पराजित भएका थिए ।

 

Promise Education Consultancy