बादल राष्ट्रियसभा निर्वाचनमा निर्वाचित

काठमाडौं,२४ माघ । नेकपा माओवादी केन्द्रका नेता तथा संगठन प्रमुख रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका छन् । प्रदेश नम्बर ३ बाट खुलातर्फका उम्मेदवार बनेका बादल ३ हजार ३ सय ९६ मतभारसहित विजयी भएका हुन्।

माओवादीले पार्टीभित्रका प्रभावशाली नेता थापालाई राष्ट्रिय सभामा लैजान गृहकार्य गरेको थियो। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी नदिएका थापालाई राष्ट्रियसभामा लैजान वाम गठबन्धनका शीर्ष नेताले पहल गरेका थिए।