प्रदेश नं ६ को मुख्यमन्त्रीमा शाही सर्बसम्मत

काठमाडौं ,२४ माघ । अन्तत : प्रदेश ६ को मुख्यमन्त्रीमा  विवादरहित माओवादी केन्द्रले टुंगो लगाएको छ । पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन नेताहरु सर्वसम्मत भएका छन् ।

पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर रहेर महत्वपूर्ण भूमिका खेलेका शाही सक्रिय राजनैतिक क्याडरका रूपमा स्थापित छन् । कालीकोट प्रदेश ९ख० बाट निर्वाचित सांसद शाही अहिले प्रदेश ६ मा मुख्यमन्त्री बन्ने निश्चित भएका छन् ।

पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्मालार्इ मुख्यमन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी केन्द्रले दिएको थियो । प्रदेशमा सवै नेताहरू सहमत भएपछि शाही मुख्यमन्त्रीका लागि पक्का भएको उच्च स्रोतले बतायो । माओवादी केन्द्रले औपचारिक घोषणा भने भोली बिहीबार मात्रै सार्वजनिक गरिने जनाइएको छ ।