टाटा मोटर्सको नयाँ रेन्जका साना/मझौला गाडी चितवनमा बिक्रि सुरु, हेरौँ ४ फाटो !

 

चितवन, २४ माघ । चितवनमा टाटा मोटर्सको आई एण्ड एल सिभी (मिनी ट्रक)सिआर रेन्जको गाडीको सार्वजनिक गरिएको छ ।
एक कार्यक्रमका विच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले गाडीको लन्च गर्नुभएको हो । गाडीले प्रदुषण कम गर्ने,माइलेज र पिकअप धेरै दिनुका साथै आरमदायी सिट रहेको सफल मोटर्स प्राली नारायणगढका प्रमुख गोपाल भट्टराईले जानकारी दिए । उनले आई एण्ड एल सिभी (मिनी ट्रक) बजारमा आउनु अगाडी नै ग्राहकको रोजाईमा पर्न सफल भएको वताए ।
नेपालमा व्यवसायिक गाडीहरुको अग्रणी ब्राण्डको रुपमा रहेको टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीहरु (एलपिटि ८१०, एलपिटि १०१०, एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२) को व्यवसायिक बिक्री काठमाडौँसगैँ चितवनमा पनि शुरु गरेको घोषणा गरेको हो ।
कार्यक्रममा बोल्दै टाटा मोटर्स कम्पनीका प्रोडक्ट म्यानेजर विजयचन्द्र राठोरले भने, “नेपालमा कमर्सियल गाडीहरुको नं. १ ब्राण्ड भएको हैसियतले ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रोडक्ट तथा सेवाहरु दिने हाम्रो प्रयास जारी रहने छ ।
हाम्रा मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविध कामहरुमा उपयोग हुने किसिममा विभिन्न लोडहरु धान्ने किसिमका बडी लेन्थ भएका ट्रिपरहरु छन् ।

नेपालको बाटो सुहाउँदा यी ट्रकहरु त्यही किसिमले डिजाईन गरिएका र परीक्षण गरिएका छन् भने ग्राहकहरुले सोचेको भन्दा पनि बढी पावर, क्षमता र आम्दानीमूलक छन् ।”
सिप्रदीले यी प्रोडक्टहरुलाई उच्च गुणस्तर तथा बिक्री पश्चात्को सेवाहरु उपलब्ध गराई ग्राहकहरुको लगानीको प्रतिफल सुनिश्चित हुने गरी बिक्री वितरण गर्दै आईरहेका छ । यी नयाँ सिआर रेन्जका मझौला तथा साना कमर्सियल ट्रकहरुको आशालाग्दा विशेषताहरुले गर्दा टाटा मोटर्स प्रति हाम्रो थप विश्वास जागेको छ ।
विविध प्रयोग, बलियोपन, तेल किफायती र लगानीको उच्चतम प्रतिफलले गर्दा नेपाली ग्राहकहरु माझ यी गाडीहरुको विश्वसनियता भएको उनको भनाई छ ।
सो अवसरमा १६ जना ग्राहकले गाडी वुकिङ गरेका थिए भने उनिहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, ह्याचरी उद्योग महासंघका अध्यक्ष टिका पोखरेल, टाटा मोटर्स कम्पनीका प्रोडक्ट म्यानेजर विजयचन्द्र राठोर, टाटा कम्पनीका नेपाल र भुटान कस्टमर केयर म्यानेजर सामान्य दास, आई एण्ड एल सिभी प्रोडक्टको कन्ट्री म्यानेजर इन्द्रप्रित सिंह लगाएतले बोका थिए । कार्यक्रममा सिप्रदी टेर्डिङका चिफ शेल्स म्यानेजर शरद न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

नयाँ सिआर रेन्जका ट्रकका फाईदाहरु :
पावर : नयाँ अभिवृद्धित गियर बक्सका साथ एलपिटि ८१०, १०१० र ११०९ का ट्रकहरु गियर बक्स सिस्टम (जिबिएस) ५५० का साथ जडित छन् भने एलपिटि १४१२ मा जिबिएस ४० जडित छ । जिबिएस ५५० मा ६ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन छ र साथै ओभरड्राईभ विशेषताले गर्दा लामो यात्रामा तेल किफायती हुने तथा आरामदायी गियर सिफ्टीङ्ग प्रविधिको साथै तातोपन फैलावटको लागि आल्मुनियमको हाउजिङ्ग जडान गरिएको छ । त्यस्तै जिबिएस ४० मा प्रमाणित भैसकेको ५ फरवार्ड र एउटा रिभर्स गियर सुविधा सहित बेजोड वारेन्टी ३ लाख कि.मी. सम्म वा ३ वर्षसम्म पाईन्छ । यी मोडेलहरु ४९७ टिसिआईसि सिआर ईन्जिनमा आउने भएकोले १२५ हर्सपावर र ४०० एनएम टर्क विशेषताले राम्रो तान्न सक्ने क्षमता भएका छन् । एनभिएच लेभल कम गर्न सिआर ईन्जिनमा भिस्कस फ्यान प्रविधि जडित छ ।
परफरमेन्स : यी नयाँ रेन्जका गाडीहरुमा बेजोड आराम तथा क्षमता हुनुको साथै सस्पेन्डेड सिटहरु र ताजा भित्री सजावटहरुका साथै नयाँ तथा सहज टिल्ट गर्न मिल्ने टेलिस्कोपीक स्टिरिङ्गले गर्दा यो रेन्जका गाडीहरुमा सर्वश्रेष्ठ रुपमा गाडीहरुलाई हिमाल, पहाड, तराई जता पनि चलाउन र मोड्न सजिलो छन् । बलियो च्यासिस, क्लचप्लेट साथै कडा हेभी ड्युटी लिफ स्प्रिङ्गले गर्दा बर्षौं सम्म बेजोड रुपमा चल्छ ।
आम्दानी : बेजोड वारेन्टी, प्रतिस्पर्धात्मक मूल्य, हाई टर्क र धेरै माईलेज दिने भएकाले यी रेन्जका गाडीहरुले उच्च प्रतिफल दिन्छ ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. नेपालमा गाडीहरु र त्यससँग सम्बन्धित व्यवसायहरु संचालन गर्ने एउटा प्रतिष्ठित कम्पनी हो र सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता हो । विगत ३४ वर्ष देखि व्यवसायिक अग्रसरता लिदैं सिप्रदीले वार्षिक ३५० मिलियन डलरको राजश्व तिर्ने र गाडी, इनर्जी, लुब्रिकेन्ट्स, फाईनान्स सेवाहरु, ईक्वीपमेन्ट व्यवसाय आदिमा आफ्नो अग्रसरता राखेको छ । यस कम्पनीमा ७५० कर्मचारीहरु र ६५० जना सेवा कर्मचारीहरु कम्पनीको एक मात्र लक्ष्य गुणस्तरीय सामानहरु तथा सेवाहरु प्रदान गर्दै आफ्नो समस्त ब्राण्ड मुल्य मान्यतालाई पारस्परिक आधार बनाएर कार्यरत छन् ।

Promise Education Consultancy