किन बढ्दैछ नागरिकता त्याग्ने नेपाली

काठमाडौँ,२४ माघ ।  ०७० साल माघमा सविकको बुटवल नगरपालिका १३ का एकबहादुर रानाले नेपाली नागरिकता त्यागका लागि जिल्ला प्रशासन कर्मालय रुपन्देहीमा निवेदन दर्ता गराए । कारण थियो बेलायती नागरिकता प्राप्त गर्नु ।

हङकङमा बस्दै आएका उनलाई विदेश मोहले छोएपछि उनले आफ्नो जन्मथलो छाडेर बेलायत रोजे । २०५३ सालमा नागरिकता लिएका उनले ०७० साल अर्थात् नागरिकता प्राप्त गरेको १७ बर्षमा नेपाली नागरिकता त्यागे ।

समाचारमा लेखिएको छ, विदेश मोहका कारण जिल्लामा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दो छ ।

रुपन्देहीबाट नागरिकता लिएकामध्ये हालसम्म दुई सय १९ जनाले नागरिकता त्यागेको जिल्ला प्रशासनको अभिलेखमा दर्ज भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका नागरिकता फाँटका नासु यज्ञराज पोखरेलले बताए ।

उनले नागरिकता त्याग्नेले अन्य देशको नागरिकता लिइसकेको, लिने प्रक्रियमा रहेको विदेशी नागरिकसँग विवाह गरी उतै बसोबास गरेको लगायत कारण देखाउँदै आएको बताए ।आजको अन्नपुर्ण पोष्टमा  खबर छ ।

Promise Education Consultancy