सामर्थ्य नेपाललको देशब्यापि सरसफाइ अभियान सुरु

चितवन,२३ माघ ।  सामर्थ्य नेपाललले देशब्यापि सरसफाइ अभियान सुरु गरेको छ । सामाजिक कार्य गर्नका लागि स्थापित युवाहरुको सन्जाल सामर्थ्य नेपाल केन्द्रिय समिति चितवनले स्थापनाको समय देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

समाजलाई नयाँ सन्देश प्रवाह गर्न लागी परिरहेको सामर्थ्यका केन्द्रिय अध्यक्ष अर्जुन भुसालले जानकारि दिनुभयो । यसैगरि हाल सामर्थ्य नेपालले चितवनमा सरसफाइ अभियानलाई तिब्रता दिएको छ । हाल चितवनका विभिन्न ठाउँमा समाजलाइ स्व्च्छ बनाउन करिब १५० वटा फोहोर मलाइ (डस्टबिन) राखिएको सस्थाका केन्द्रिय सदस्य सागर रेग्मिले जानकारि दिनुभयो । सरसफाइ अभियान अन्तर्गत आज भरतपुर बिमानस्थल सरसफाइ गर्ने कार्यक्रम सप्पन्न भएको छ । बिमानस्थल प्रमुख पवन कुमार गौतमको प्रमुख आतिथ्यतामा सरसफाई गरिएको छ ।

बिमानस्थलमा आजै १० वटा सरसफाइका लागि फोहोर मलाई डस्टबिन राखिएको छ । सामर्थ्य नेपालले हाल समाजमा सन्देश मुलुक कार्यहरु गरिरहेकोे छ । हरेक युवाहरुलाई सन्देश मुलक अन्य सामाजिक कार्यहरु गर्न, समाजका हरेक समस्या समाधानका लागि सधै सामर्थ्य नेपाल अग्रसर रहने सामर्थ्यका केन्द्रिय सदस्य प्रकाश थापाले बताउनुभयो ।

Promise Education Consultancy