चितवनमा औधोगिक शिक्षालय निर्माण हुने

विचित्र पौडेल
चितवन,२३ माघ। चितवन उद्योग संघले भरतपुर महानगरपालिका २९ जुगेडिमा औधोगिक शिक्षालयको निर्माण गर्ने भएको छ । संघले नेपालमा उद्योग क्षेत्रमा काम गर्ने कुशल प्राबिधिकको खाँचोलाइ परिपुर्ति गर्न शिक्षालय निर्माणलाई अगाडि बढाएको हो।

चितवन उद्योग संघको तिनवटा महत्वपुर्ण योजना मध्य साबिक कबिलास गाबिसको तान्द्रागं,जुरेथुम्कोमा शिक्षालय निर्माण हुने भएको छ। संघका पदाधिकारी र इञ्जिनियरको एक टोलिले मंगलबार सो क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको छ ।मंगलबार सो क्षेत्रको अवलोकन भ्रमण पश्चात उद्योग संघका अध्यक्ष भेषराज दुवाडिले निर्माणको काम छिटटै शुरु हुने बताउनु भयो ।अध्यक्ष दुवाडिले औधोगिक शिक्षालयको पहिलो चरणमा पचास जना बिद्यार्थीका लागि आबास सहितको तालिम केन्द्र बनाउने बताउनु भयो । ठुलो योजना रहेकाले बिस्तारै पुर्ण रुपमा सञ्चालन हुन समय लागे पनि यो शिक्षालय देशकै नमुना बन्ने दुवाडिको भनाइ छ ।चितवनको शक्तिखोरमा बन्न गइरहेको औधोगिक क्षेत्रको लागि पनि जनशक्तिको अभाव यस प्राबिधिक शिक्षालयले पुरा गर्ने दुवाडिले बताउनु भयो ।

इञ्जिनियरको टोलिले प्रारम्भिक नापजाचको काम शुरु गरेको छ,पाच बिगाहा क्षेत्रफलमा शिक्षालय निर्माणको काम अघि बढेको संघका निबर्तमान अध्यक्ष भिम बहादुर पाण्डेले जानकारी दिनु भयो ।चितवन उद्योग संघले भरतपुरमा प्रदर्शनी केन्द्र र शक्तिखोरमा औधोगिक क्षेत्र निर्माण गरिरहेको छ ।