प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप :एभरेष्ट क्लव क्वार्टर फाईनलमा प्रवेश

चितवन,२३ माघ । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आज भएको पहिलो चरणको अन्तिम खेलमा एभरेष्ट क्लव चितवन ३-० को गोल अन्तरले नयांवस्ती फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ ।

पहिलो हाफको १४औं मिनेटमा एभरेष्टका जर्सी नं १० लगाएका देव गुरुङले गोल गरेका थिए , त्यसैगरि एभरेष्टका कप्तान जर्सी नं २० लगाएका मिलन गुरुङले पहिलो हाफको २५ मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर गरेका थिए, त्यसै गरि एभरेष्टका कप्तान मिलन गुरुङले दोस्रो हाफको १७अौ मिनेटमा तेस्रो गोल गर्दै अाफ्नो टिमलाई ३-० को गोल अन्तरले विजयी गराउन सफल भएका थिए,
खेलको म्यानअफ दि म्याच व्यक्तिगत २ गोल गर्ने एभरेष्टका कप्तान मिलन गुरुङलाई युवा ब्यवसायी, समाजसेवी श्री हिम्मत पुरीले ट्रफि प्रदान गर्नुभएको थियो। फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

भोलिबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन, भोलि पहिलो क्वाटरफाइनल खेल बसन्तपुर युनाइटेड क्लब माडी र रामपुर फुटबल क्लब रामपुरका बीचमा दिउँसो २:०० बजे हुने छ।हिजोवाट सुरु गरिएको एभरेष्ट लक्की ड्रमा अाज ८३५३ नं का टिकट खरिदकर्ता दर्शकले अाकर्षक मोबाइल प्राप्त गर्न सफल हुनुभयो, एभरेष्ट लक्की ड्र मार्फत हरेक दिन एकजना टिकट खरिदकर्तालाई मोबाइल प्रदान गरिने छ।