चूडामणि शर्माको घरमा तोडफोड ,४१ जना पक्राउ

काठमाडौं, २३ माघ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड गरेको अभियोगमा प्रहरीले ४१जनालाई पक्राउ गरेको छ ।

शर्मा भ्रष्टाचारी रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बूढानीलकण्ठ- २२ महादेव खोला टोलस्थित शर्माको घरमा ढुंगामुढा गरेका थिए ।

त्यसक्रममा शर्माको घरको झ्यालका शिशाहरु फुटेका छन् । घरमा सामान्य क्षति पुगेको छ ।

उनीहरुले शर्माको घरको मुख्य गेटमा ‘चूडामणि शर्माको सम्पत्ति राष्ट्रियकरण गर’ भन्ने नारासहितको ब्यानरसमेत टाँगेका छन् ।

शर्माविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगंजमा राखिएको छ ।

Promise Education Consultancy