समाजसेवाका लागि विवाहमा गीत गाउँदैँ मिलन लामा

चितवन,२३ माघ । चर्चित लोक तथा दोहोरी गायक मिलन लामा गायक मात्र नभई समाजसेवी पनि हुन् । देश विदेशका कार्यक्रममा व्यस्त गायक मिलन लामाको कार्यक्रमबाट विभिन्न आयोजकहरुले  गरिब प्राकृतिक प्रकोपबाट पीडित लगायतलाई सहयोग गरिरहेका छन नै लामा आफै पनि राहात तथा विभिन्न सहयोगहरुमा जुट्दै आएका छन् ।
पछिल्लो समयमा उनले समाजिक कामका लागि एउटा नयाँ प्रयोग प्रयोग गर्दै छन् ।उनले समाज सेवाका लागि विवाहमा गीत गाउनेछ ।
उनले यही माघ २६ गते शान्तिचोक चितवन ,रत्ननगर बासी अनमोल गिरी र सज्जनि लामिछानेको विवाहमा गीत गाउने बताए ।
उनले भने “समाजसेवाको लागि बिहेकोमा गाउँदै छु, अब को नौलो अभियान मेरो ! सधै अरुलाई मागेर मात्रै समाजसेवा हुदैन रहेछ, यहि आउदो माघ २६ गते शान्तिचोक चितवन ,रत्ननगर बासी अनमोल गिरी र सज्जनि लामिछानेको विवाह पार्टीमा खुब रमाइलो गराईदिने तयारि मा छु ।”


चेपाङ गरिव भूकम्प पीडित र वाढी पीडितलाई राहात वितरणमा उनि सक्रिय भएका थिए। २०७४ साउन २८ र २९ गते चितवनको बाढीमा परि घरबार बिहीन भएकाहरुका लागि उनले घर बनाउने अभियानमा पनि लागेका थिए ।

सामाजिक सञ्जालमा मिलन होम नामको अभियान अन्तरगत उनले बाढीबाट घरबार बिहीन भएका बछौलीका ५ परिवारलाई पुर्न:स्थापना गर्न सफल भएका छन् । लामो समयको अथक प्रयासपछि मिलनले उक्त घर निर्माण गरि हस्तान्तरण पनि गरिसकेका छन् ।