जुनियर पुलिस अफिसर्स कलेज भरतपुर क्वार्टर फाईनलमा प्रवेश

चितवन,२२ माघ । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आजको खेलमा जुनियर पुलिस अफिसर्स कलेज भरतपुर ३–० को गोल अन्तरले नारायणी फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ ।

पहिलो हाफको ९औं मिनेटमा पुलिसका जर्सी नं १३ हरि कठायतले गोल गरेका थिए , त्यसैगरि पुलिसका कप्तान जर्सी नं ९ मोतिलाल महतोले दोस्रो हाफको ३ मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर गरेका थिए, त्यसै गरि पहिलो गोलकर्ता हरि कठायतले पुन दोस्रो हाफको २०औ मिनेटमा तेस्रो गोल गर्दै आफ्नो टिमलाई ३–० को गोल अन्तरले विजयी गराउन सफल भएका थिए,। खेलको म्यानअफ दि म्याच पुलिसका लागि व्यक्तिगत २ गोल गर्ने हरि कठायतलाई युवा ब्यवसायी, समाजसेवी एवं ईक्यान चितवनका अध्यक्ष श्री भानु खरेलले ट्रफि प्रदान गर्नुभएको थियो।

फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

भोलि पहिलो चरणको अन्तिम खेल आयोजक एभरेष्ट क्लब चितवन र नयाँबस्ती फुटबल क्लब नयाँबस्तीका बीचमा दिउँसो २ : ०० बजे हुने छ।हिजोवाट सुरु गरिएको एभरेष्ट लक्की ड्रमा आज भ,तपुर ११ निवासी श्री शिव कुमार गुरुङले आकर्षक मोबाइल प्राप्त गर्न सफल हुनुभयो, एभरेष्ट लक्की ड्र मार्फत हरेक दिन एकजना टिकट खरिदकर्तालाई मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ।