सौराहामा वन्यजन्तु चिकित्सा सम्बन्धी विज्ञहरुको गोष्ठी सुरु

सौराहा २२ माघ । वन्यजन्तुको स्वास्थ्य उपचारको लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा भएका प्रयासहरुको आदान प्रदान गर्न पशु चिकित्सकहरुको चार दिने गोष्ठी आज देखि सौराहामा सुरु भएको छ ।

कार्यशालामा जीवन नै वन्यजन्तुको स्वास्थ्य उपचारमा खर्चिएका अन्र्तराष्ट्रिय विज्ञहरुको अनुभव आदान प्रदान हुने छ । पशु विज्ञान,पशु चिकित्सा र मत्स्य विज्ञान संकाय,कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर,राष्ट्रिय प्रकृति संरक्षण कोषको सयुक्त आयोजनामा सुरु भएको सो कार्यशालाको वन तथा भू संरक्षण मन्त्रालयका सचिव डा.युवक ध्वज जिसीले उद्घाटन गरेका थिए ।

चार दिन सम्म चल्ने सो कार्यशालामा नेपाल सहित अष्टेलिया, चीन, भारत, इण्डोनेसिया, मंगोललिया,म्यानमार, पाकिस्तान, रुस,थाईल्याण्ड, बेलायत, अमेरिका, मियतनाम गरी १३ देशका ८७ जना विशेषज्ञहरुको सहभागिता रहेको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डिन प्रा.डा.शारदा थपलियाले जानकारी दिईन ।

कार्यशालामा वन्यजन्तुको स्वास्थ्य, वन्यजन्तु जीव विज्ञान सम्बन्धी ३३ वटा कार्यपत्र तथा ८ वटा पोष्टरहरु प्रस्तुत र सहभागीहरु बीच छलफल गरी निस्कर्ष निकालिने थपलियाले जानकारी दिईन ।

नेपालमा वन्यजन्तुको संरक्षण,बासस्थान व्यवस्थापन र वन्यजन्तु र मावन द्धन्द्ध सम्बन्धी विषयहरुलाई मात्र प्राथमिकतामा राखिदै आएको अबस्थामा पछिल्ला बर्षहरुमा वन्यजन्तुको स्वास्थ्य सम्बन्धी विषय बस्तुहलाई समेत मध्यजनर गर्नुपर्ने आवश्यकतालाई महसुस गरी कार्यशाला आयोजना गरिएको थपलियाले बताईन ।

विश्वमा दुई प्रजातिका हात्ती,पाँच प्रजातीका बाघ,पाँच प्रजातीका गैंडाहरु पाईन्छन । त्यस मध्ये नेपालमा मुख्य गरी एसियन हात्ती,एसियन गैंडा (एकसिंगे) र पाटेबाघ(बंगाल टाईगर) प्रजातीका मुख्य वन्यजन्तुहरु पाईन्छ । कार्यशालाले वन्यजन्तुको स्वास्थ्य सुधारको लागि गर्नुपर्ने काम र नीतिगत सुधारका विषयमा निश्कर्ष निकाल्ने प्राडा थपलियाले जानकारी दिईन ।

Promise Education Consultancy