अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्छ : प्रचण्ड

 

चितवन,२२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले अबको नेपाल सम्वृद्धि र सुसाशनको हुने बताउनुभयो ।

उहाँले एमाले–माओवादी पार्टी एकतालाई भाँड्न विभिन्न प्रयास भइरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो– “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन ।

त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौँ ।”

उहाँले पार्टी एकता सकरात्मक दिशातर्फ अघि बढिरहेकोले जसरी पनि एकता हुने बताउनु भयो । त्यस्तै उहाँले दवै पार्टीको एकता सम्मान जनक पनि हुने बताउनु भयो ।

साथै अध्यक्ष प्रचण्डले तनहुंको देवघाटमा बेद बेदाड्ड विद्यालयको भवन शिलन्यास गर्नुभएको छ ।  भवन शिलन्यास गर्दै अध्यक्ष प्रचण्डले देवघाट क्षेत्र एतिहासिक र धार्मिक रुपमा निकै महत्वपूर्ण रहको भन्दै पशुपति क्षेत्र भन्दापनि माथी जाने उद्घोष गर्नुभयो । उहांले देवघाटधाम देशकै पवित्र तिर्थस्थल रहेकाले सवैको प्रयासमा संरक्षरण र प्रवद्र्धन गर्नुपर्ने वताउनुभयो । देश विदेशबाट पनि देवघाटलाई निकै महत्वपूर्णका साथ हेरिएको भन्दै प्रचण्डले आफू सरकारमा रहे पनि नरहेपनि देवघाटको विकासमा संधै लागिरहने वताउनुभयो । प्रचण्डले आध्यात्मिक चिन्तनका विद्धान जन्माउने कुरामा आफ्नो सहयोग रहेको भन्दै बेद बेदाड्ड विद्यालय निर्माणका लागी १ लाख सहयोगको घोषणा गर्नुभयो ।

 

Promise Education Consultancy