५ वर्षीया बालिकामाथि बलात्कार

काठमाडौं,२२ माघ । प्रहरीले बलात्कारको आरोपमा ललितपुर बुङ्मतीका बसन्त तामाङलाई पक्राउ गरेको छ।
५ वर्षीया बालिकालाई बलात्कार गरको अभियोगमा प्रहरीले भक्तपुरको कमलविनायक बस्ने १८ वर्षीय तमाङलाई पक्राउ गरेको हो। तामाङले पुस ३० गते चाँगुनारायण घर भई कमलविनायक बस्ने ५ वर्षीया बालिकालाई डेरामा लगेर बलात्कार गरेको अभियोग प्रहरीले लगाएको छ।
पीडित बालिकाका अभिभावकले दिएको निवेदनको आधारमा तामाङलाई पक्राउ गरिएको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।