सडक दुर्घटनामा परि मनकामनाका दुई जनाको ज्यान गयो

धादिङ,२१ माघ। धादिङमा सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । गोरखाबाट काठमाण्डौका लागि छुटेको माइक्रो धादीङको गजुरीमा दुर्घटना हुदा दुई जनाको ज्यान गएको हो। दुर्घटनामा परि ७ जना घाईते भएका छन् ।
बा २ ख ८७९० नम्बरको माइक्रो काठमाण्डौबाट चितवनतर्फ जादै गरेको ना ६ ख ६०१९ नम्बरको ट्रकसँग दिउसो करिब ३ बजेतिर ठोक्किएर दुर्घटना भएको हो । ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा गोरखा उद्योग बाणिज्य संघ मनकामना बजार ईकाइ गोरखाका अध्यक्ष राजकुमार श्रेष्ठ र उनका भाइ अन्दाजी ४० बर्षिय सुजित श्रेष्ठको ज्यान गएको छ । भाई सुजित श्रेष्ठको गजुरी अस्पताल र उनको ग्राण्डि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाईते भएका अजिरकोट गाउँपालीका ४ का ५६ बर्षिय शेखरनाथ न्यौपाने, ठेगाना नखुलेका ४० बर्षिय इश्वर बानिया, गोरखा नगरपालीका ६ का ४२ बर्षिय अन्जु श्रेष्ठ,शहिद लखन गाउँपालीका ३ का ४५ बर्षिय दिनेश जोशी, सोही ठाउँका ४५ बर्षिय राजन जोशी र अर्घाखाची क्षेत्रदेव गाउँपालीकाका २३ बर्षिय विज्ञान पन्थी घाईते भएका छन् । उनिहरुको गजुरी अस्पतालमा सामान्य उपचार गरि काठमाण्डौको ट्रमा सेन्टरमा रिफर गरिएको ट्राफिक प्रहरी प्रकाश विकले जानकारी दिनुभयो ।