यसकारण प्रदेश नम्बर २ को बैठकमा २ मिनेट तनाव

धनुषा, २१माघ । २ मिनेटको तनावपछि प्रदेश नम्बर २ मा प्रदेश सभाको बैठक पुन : सुचारु भएको छ ।राष्ट्रिय गानपछि शहीदप्रति एक मिनेट मौन धारण गरिएको छ । तर मधेस आन्दोलनका क्रममा शहीद भएकाको तस्बिर सभाहलमा नराखेको भन्दै राजपाका सांसदले विरोध गर्दा बैैठकमा २ मिनेट अवरोध भएको थियो ।

सभामुख तोकिनसकेकाले ज्येष्ठ सदस्य लगनलाल चौधरीले बैठकको अध्यक्षता गर्नुभएको छ । बैठकको सुरुवात राष्ट्रिय गानबाट गरिएको छ ।

बैठकका अध्यक्षले शहीदको तस्बिर राख्ने प्रतिबद्धता जनाएपछि बैठक अहिले चलिरहेको छ ।