प्रदेश नम्बर २ को राजधानीको माग गर्दै बीरगञ्ज बन्दको आवहान

पर्सा, २१ माघ । प्रदेश नम्बर २ को राजधानी माग गर्दै बीरगञ्ज संघर्ष समितिले आइतबार बीरगञ्ज बन्द गराएको छ ।बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन भने कलकारखाना र शैक्षिक संस्था पनि बन्द छन ।

२ नम्बर प्रदेशको राजधानी माग गर्दै समितिले आइतबार बन्द आब्हान गरेको हो । बन्दका कारण बालबालिका विद्यालय जान पाएका छैनन भने यात्रु पनि अलपत्र छन् ।