अधिकृत विक्रेता तथा कम्पनी प्रतिनिधिहरुको मैत्रिपुर्ण फुटबल तथा बनभोज कार्यक्रम सम्पन्न

विनोद श्रेष्ठ

तनहुँ, २० माघ । अधिकृत विक्रेता समाज आँबुखैरेनी तनहुँको आयोजनामा भएको विभिन्न कम्पनीका प्रतिनिधि तथा अधिकृत विक्रेताहरु विच मैत्रीपुर्ण फुटवल तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । गोरखकाली टायर उद्योग गोरखाको फुटबल ग्राउण्डमा कम्पनी प्रतिनिधि र अधिकृत विक्रेता विच मैत्रिपुर्ण फुटबल प्रतियोगिता भएको हो ।

प्रतियोगितामा अधिकृत विक्रेताको तर्फबाट सुमन थापाले १ गोल गरेपछि अधिकृत विक्रेता १–० गोल अन्तरले विजयी भएका हुन् । मैत्रीपुर्ण फुटबल तथा बनभोज कार्यक्रमका प्रमुख अतिथि एवं यति बु्रअरिका व्यवस्थापक अरुण के.सी.ले विजयी टिमलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरेका हुन् ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले कम्पनी र डिस्ट्रीव्युटरहरु विच सम्बन्ध मजबुत बनाउने यस्तो किसिमका कार्यक्रमहरुहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । २०६७ साल देखि प्रत्येक वर्ष मैत्रीपुर्ण फुटबल तथा बनभोज कार्यक्रम गर्दै आएको अधिकृत विक्रेता समाजका संयोजक हरिभक्त श्रेष्ठले बताउनुभयो । उहाँले आँबुखैरेनी नेपालको मध्यविन्दु रहेको हुदा ८०% प्रतिशत कम्पनीहरुका डिस्ट्रीव्युटरहरु यस ठाउँमा रहेको बताउनुभयो । कार्यक्रममा अखिल नेपाल फुलटबल संघ जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष रत्न कुमार श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी इकाइका अध्यक्ष कृष्णमान तामाङ लगाएतले आफ्नो मन्तब्य राख्नुभएका थिए । प्रतियोगितामा विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रम समापन पछि समाजले गोरखाको २ किलो फुटबल मैदानमा पिक्नीक कार्यक्रमको आयोजना गरिएको थियो ।

Promise Education Consultancy