पुलिस बन्यो,आहा रारा गोल्डकपको १६ औँ च्याम्पियन

पोखरा,२० माघ। सोह्रौं आहा रारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । २०६६ सालपछि पहिलो पटक पुलिसलाई आहा राराको उपाधि दिलाउन अतिरिक्त समयमा राम वाजीले निर्णयक गोल गरे । पुलिसले पोखरामा जितेको यो छैटौं उपाधि हो ।

उपाधिसँगै पुलिसले ७ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको थ्रीस्टारले तीन लाख ५१ हजारमा चित्त बुझायो ।

आहा राराको पहिलो संस्करणसहित, छैटौं, सातौं र आठौं आहा गोल्डकपको उपाधि जितेको पुलिसले त्यसअघि २०५८ सालमा क्याराभान गोल्डकपको नाममा सञ्चालन भएको प्रतियोगिताको उपाधि पनि जितेको थियो ।