चितवन च्याम्पियनसिप : जु फुटबल क्लब जुगेडी क्वार्टर फाईनलमा प्रवेश

चितवन, २० माघ ।  प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आजको खेलमा जु फुटबल क्लब जुगेडी १-० को गोल अन्तरले अभिषेक चर्च रजहरलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ ।

दोस्रो हाफको ३१औं मिनेटमा जुगेडीका योगेश गुरुगंले गोल गरेका थिए । विदेशी खेलाडी सम्मिलित दुवै टिमको खेल निकै अाक्रामक र प्रतिस्पर्धात्मक रहेको थियो।

खेलको म्यानअफ दि म्याच जुगेडीका गोलकर्ता योगेश गुरुङलाई युवा ब्यवसायी, समाजसेवी श्री दिवाकर गुरुङ र प्रहरी नायब महानिरीक्षक केदारमानसिहं भण्डारीले ट्रफि प्रदान गर्नुभएको थियो।

फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । भोलिको खेल भरतपुर फुटबल क्लब (B.F.C.) र टांडी युनाइटेड फुटबल क्लब रत्ननगरका बीचमा दिउँसो २:०० बजे हुने छ ।