सौराहामा फोर्डको टेष्टराईड तथा डेमो डिस्प्ले

चितवन, २० माघ । विश्व विख्यात अमेरिकन ब्राण्ड फोर्ड कम्पनीले उत्पादन गरेका दुई वटा गाडीको पर्यटकीय नगरी सौराहामा टेष्टराईड तथा डेमो डिस्प्ले गरिएको छ ।
सौराहाका पर्यटन व्यवसायीहरुलाई लक्षित गरी फोर्ड कम्पनीको आधिकारिक विक्रेता एसएच मोर्टर्सले इको स्पोर्टस र रेन्जर गाडीको टेष्टराईड तथा डेमो डिस्प्ले गरेको एसएच मोर्टर्सबा प्रबन्ध निर्देशक निर्देश सेढाईले जानकारी दिए ।

गाडीले प्रदान गर्ने सेवा र सुविधाका बारेमा प्रयोगकर्ताहरुलाई जानकारी दिन टेष्टराईड तथा डेमो डिस्प्ले गरिएका म्यानेजर सुजिता लामाले जानकारी दिईन् ।
यो रेन्जर कारको बनौट र क्षमतामा थप स्तरीकण्रा गरेर स्तरीय प्रविधि सहित नयाँ गाडी तयार पारिएको हो । सीटको सजिलोपना, फोर हृवील ड्राइभ, चालकमैत्री फ्रन्टसीटका साथै आकर्षक बडी यसको मूल विशेषता हुन् ।
इको फोर्ड बजारमा आउने साना सवारी साधनहरु मध्ये सबै सुविधामा सस्तो गाडी रहेको उनले बताईन् । रिमोट किलेस (साँचो नहाली) कारभित्रै राखेपनि गाडी स्टार्ट हुने यसको विशेषता छ । डुअल एयरव्याग्स, एबिएस वीथ इबिडि लगायत अरु गाडीहरुमा पाईने सुविधा भन्दा बढी सुविधा सहितको इकोफोर्ड गाडीको अहिलेको बजारम मुल्य ३३ लाख ९० हजार रहेको छ ।

ब्लुटुथ ह्याण्ड्स फ्री अडियो, टिल्ट एण्ड टेलिस्कोपिक म्युजिक सिस्टम लगायतका विभिन्न सुविधाहरु रहेको कार अहिले नेपाली बजारमा ग्राहकहरुको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।
सो अवसरमा ९ जनाले टेष्ट राईट र ४० जना ग्राहकहरुले दुई कारहरु अवलोकन गैडा चोकमा गरेका थिए ।
शेषता

Promise Education Consultancy