क्यान्सर दिवसको पुर्वसध्यामा अर्बुद रोग संस्थाद्धारा फलफुल तथा केमो वितरण

चितवन, २० माघ । विश्व क्यान्सर दिवसको पुर्वसध्याको अवसर पारि नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाले शनिबार वि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा फलफुल तथा केमो वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा तीन जना रक्त क्यान्सर बिरामीलाई केमो र एक सय पचास जना बिरामीलाई प्रदेश सभा सांसद गिता वाग्ले, वि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्य, चितवन उद्योग सँघका अध्यक्ष भेषराज दुवाडी, संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले संयुक्र रुपमा फलफुल वितरण गरिएको थियो ।
कार्यक्रम नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाका सभापति दिनेश कुमार चुके अध्यक्षता सम्पन्न भएको सो कार्यक्रम संस्थाका सचिव हरी पौडेलले सञ्चालन गरेका थिए । साथै संस्थाले भोली सचेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको समेत जनाएको छ ।