अष्ट्रेलियालाई ८ विकेटले हराउादै भारतले यू-१९ विश्वकप क्रिकेटको उपाधि जित्यो

चितवन,  २० माघ । अष्ट्रेलियालाई ८ विकेटले हराउादै भारतले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । उपाधिका लागि अष्ट्रेलियाले दिएको २१७ रनको लक्ष्य भारतले मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

पहिलो विकेटका लागि पृथ्वी शाह र मन्जोत मालराले ७१ रनको साझेदारी गरे । कप्तान समेत रहेका पृथ्वी २९ रनमा आउट भए ।
शुभम गिलले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे र ३१ रनमा पभेलियन फर्किए ।

हार्भिक देसाइसँग मिलेर जित दिलाउने क्रममा मन्जोतले शतक पुरा गरे । उनी १०१ रनमा अविजित रहे भने देसाईले नटआउटछ ४७ रन जोडे ।

Promise Education Consultancy