माअोवादी केन्द्रका नेता जनार्दन शर्माको गाडी दुर्घटना

ललितपुर, २० माघ  ।नेकपा माअोवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी दुर्घटना भएको छ ।

शनिबार बिहान ललितपुरको पुल्चोकमा गाडी दुर्घटना भएको हो । बा १५ च १४९३ नम्बरको पल्टिएको स्यान्ट्रो कारमा जनार्दन भने थिएनन्, । जनार्दनको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए ।

आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना हुँदा सामान्य क्षती पुगेको छ तर उनीहरू सकुशल भएको बताइएको छ ।

गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।