सुपर ग्याँस घटनामा ज्यान गुमाएका परिवारले जनही पाएँ १३ लाख सहयोग

वीरगंज, २० माघ । वीरगंजको सुपर ग्याँस उद्योग आगलागी घटनामा ज्यान गुमाउने परिवारले हाल सम्म विभिन्न निकायबाट जनही १३ लाख आर्थिक सहयोग पाएका छन् ।

मत्यु हुने अग्नी नियन्त्रक टोलीको यादव प्रसद अधिकारी,मधुसुदन मिश्र र सञ्जीव नेपालको परिवारले उद्योगबाट १० लाख,महानगरबाट २ लाख र पर्सा १ का सासद प्रदीप यादवबा ट १ लाख गरी हाल सम्म एक परिवारले जम्मा १३ लाख रुपैया आर्थिक सहयोग पाइसको छन् भने गम्भीर घाइते भएका वरुण यन्त्र चालह अरुणकुमार महतोको काठमाडौमा उपचार भइरहेको छ ।

उनलाई पनि उद्योग,महानगरपालिका र सासद प्रदीप यदवले ५० हजार राहत सहयोग गरिएको छ । एक जना समान्य घाइते भएका अम्बिका पटेल वीरगंजमै उपचार गराई घर फर्कि सकेका छन् ।

शुक्रवार एक कार्यक्रमका वीच पर्साका सासद प्रदीप यादवले ग्याँस उद्योग घटनामा ज्यान गुमाउने परिवारलाई सहयोग राशीको रकम चेक मार्फत सहयोग गर्दै भने,‘जनताको कामको लागि ज्यान गुमाउने कर्मचारीहरुको सम्मानमा आर्थिक सहयोग गरेको हुँ,अरुले पनि सहयेग गर्नु पर्छ ।

परिवारको क्षतिलाई पुरा गर्न सक्दैनौ तर दुखको घडीमा सहयोगी हात बन्न अवश्य सक्छौ ।’ गत पुस ५ गते वीरगंज–१८ भवानीपुरको सरेह र गण्डक नहरको छेउमा रहेको सुपर ग्याँस उद्योगमा ग्याँस लिंक भएर दमकलको साइलेन्सरबाट आगलागी हुदाँ वीरगंज त्रसित बनेको थियो ।