पिनाकल ट्रेडिङद्धारा प्रहरीलाई दुई सय ५० थान रिफ्ल्याक्टर ज्याकेट प्रदान

 

चितवन, २० माघ । चितवनका विभिन्न दुई वटा संस्थाहरुले चितवन प्रहरीलाई रिफ्ल्याक्टर ज्याकेट प्रदान गरेका छन् । पिनाकल ट्रेडिङ कन्सर्न भरतपुर र नारायणी घरजग्गा व्यवसायी संघले प्रहरीको चेकजाँचका क्रममा आवश्यक पर्ने रिफ्ल्याक्टर ज्याकेट प्रदान गरेका हुन् ।
प्रहरी कार्यालयमा कार्यक्रम गर्दै पिनाकल ट्रेडिङ कन्सर्नले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई दुई सय ५० थान रिफ्ल्याक्टर ज्याकेट र नारायणी घरजग्गा व्यवसायी संघले जिल्ला प्रहरी कार्यालय चितवनलाई दुई सय थान रिफ्ल्याक्टर ज्याकेट प्रदान गरेका हुन् ।
ज्याकेट हस्तान्तरणको क्रममा पिनाकल ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक ईश्वर कुमार श्रेष्ठले सामाजिक दायित्व अन्तर्गत उक्त ज्याकेट हस्तान्तरण गरिएको बताए ।
पछिल्लो समय चितवनमा दुर्घटना बढ्दै गएको तथा प्रहरीले सरप्राइज चेकजाँचको क्रम बढाएकोले चेकजाँचको क्रममा आवश्यक पर्ने ज्याकेट प्रदान गरिएको श्रेष्ठको भनाइ छ ।
प्रहरीले नागरिकसँग हातेमालो गर्दै विभिन्न काम अगाडि बढाएकोले प्रहरीलाई बेला बेलामा विभिन्न सहयोग प्राप्त हुँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताए ।
सहयोगमा प्राप्त भएको ज्याकेटले प्रहरीको चेकजाँचमा थप मद्दत पुग्दै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने थापाको भनाइ छ ।

Promise Education Consultancy