भारतीय विदेशमन्त्री स्वराज स्वदेश फिर्ता

काठमाडौं,१९माघ । नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किएकी छिन् । । विशेष विमानबाट शुक्रबार दिउँसो ३ बजे नयाँ दिल्ली फर्किएकी हुन् ।

हिजो (बिहीबार) अपरान्ह ४ बजे विशेष विमानबाट नेपाल आउनुभएकी स्वराजले आउने बित्तिकै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिईन्। बिहीबार साँझ नेकपा एमालेले स्वराजको सम्मानका लागि सोल्टि होटलमा रात्री भोजको आयोजना गरेको थियो । एमालेको रात्री भोजमा सहभागि भएर स्वराजले मधेश केन्द्रित दलका नेतालाई बिहीबार बेलुका नै भेट गरेकी थिईन् ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’त्यसपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि स्वदेश फर्किएकी हुन् ।

नेपालमा संविधान निर्माणपछि असन्तुष्ट जनाउँदै नाकाबन्दी गरेको भारतले सम्बन्ध सुधार कै लागि यो भ्रमण गरेको बताइएको छ । नाकाबन्दीताका नेपालका प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओली हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा पहिलो पार्टी भएपछि फेरी प्रधानमन्त्री बन्ने पक्का जस्तै छ । विशेष गरी भावि प्रधानमन्त्रीसँगको सम्बन्ध सुधारका लागि यो भ्रमण भएको धेरैको आकँलन रहेको छ ।