साहित्यकार मनु ब्राजाकीको निधन

काठमाडौं, १९ माघ ।साहित्यकार मनु ब्राजाकीको निधन भएको छ। मस्तिष्कघातबाट पीडित ब्राजाकीको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो।

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह चर्चित आख्यान हुन्। पारदर्शी मान्छे, भविष्य यात्रा लगायत आधा दर्जनभन्दा बढी कथा संग्रहका साथै गजल गंगा, के हेरेको ए जिन्दगी लगायत गजलसंग्रह प्रकाशित छन्।

समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए।