सौराहामा पर्यटक मैत्री नयाँ जीप भित्रियो

चितवन, १९ माघ । पर्यटकहरुको आर्कषण बढ्दै गएपछि चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ सुविधाहरु थ्पिन थालेका छन् ।
सौराहा आई जीप सफारी गर्ने पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै सुविधा सम्पन्न जीप भित्रिाउने क्रम बढेको क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ ।
विगतमा सौराहामा जीप सफारीका लागि पुराना जीपका कारण पर्यटकहरुले दुःख पाएको भन्दै सुविधा सम्पन्न जीप भित्राएको संघले जनाएको छ । यसै क्रममा सौराहामा रहेको सपना भिलेज लजले यतिवेला पर्यटकमैत्री जीप भित्राएको लजका प्रबन्ध निर्देशक धुव्र गिरीले जानकारी दिए ।


पर्यटकका लागि फोल्डीङ्ग सिस्टम, आरामदायी सिटसहितको नयाँ गाडी भित्राएको उनले बताए ।
सपनासगैँ सौराहामा यतिवेला अन्य होटल तथा जीप सञ्चालकले नयाँ पर्यटकमैत्री जीप भित्राउने क्रम बढेको छ ।
सौराहा जीप सफारीका लागि ४ दर्जज.बढी जीप सञ्चालनमा छन् । जंगलमा जगंली जनावर तथा प्राकृतिक दृश्यालोकन निकै आर्कषक मानिन्छ ।