भारतीय विदेशमन्त्री स्वराज र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडोँ, १८ माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराज र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा आज काठमाडौं आएकी स्वराज र ओलीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

काठमाडौं ओर्लिए लगत्तै स्वराजले नेपाल नेपाल भारतको असल मित्रराष्ट्र भएको भन्दै आफु दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन नेपाल आएको बताएकी थिइन् ।

स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।