वाइसियल नेपालले मुख्य १० शहरमा जनयुद्ध दिवस मनाउने

काठमाडौँ,१८ माघ । नेकपा माओबादी केन्द्रको सहायक सङ्गठ वाइसीयल नेपालले मुख्य १० शहरमा जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । आज काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

वाइसीयलले ‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकास सहित बाम गठबन्धनलाई पार्टी एकतामा बदलौं !’ भन्ने मुल नाराका साथ संगठनका सबै तहका कमिटिहरुले भव्यतापूर्वक मनाउन निर्देशन समेत दिएको छ ।

साथै सबै शहरहरुमा जनयुद्द दिवसको तयारीका लागि कार्यक्रम संयोजक समेत बनाएको छ । जसअनुसार इटहरी–पूर्ण भुजेल, विरगंज–लालेन्द्र कुमार मण्डल, काठमाडौं– ज्ञान बहादुर गुरुङ्, चितवन–केहरसिंह कुँवर, पोखरा– विनय थापा, बुटवल– गंगा कार्की ‘पुजा’, दाङ्–गणेश शाही, नेपालगंज–रतन शाही, सुर्खेत– गगन बहादुर मल्ल ‘युनाईटेड’, धनगढी– सुरज सिंह रहेका छन् ।

जनयुद्द दिवशको क्रममा काठमाडौंको पेसिडाँडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका दुवै पार्टीका अन्य शिर्ष नेताहलाई निमन्त्रणा गर्ने निर्णय समेत गरेको छ ।