राष्ट्रिय सभा सदस्य निवार्चन मतदाता शिक्षा आज नवलपुरको कावासोतीमा सम्पन्न

नवलपुर, १८ माघ  ।   

राष्ट्रिय सभा सदस्य निवार्चन २०७४ मतदाता शिक्षा अभिमुखीकरण कार्यक्रम आज नवलपुरको कावासोतीमा सम्पन्न भएको छ । जिल्ला निवार्चन कार्यलय नवलपरासी वर्दघाट सुस्ता पुर्व कावासोतीको  आयोजनामा नवलपुर क्षेत्रका प्रदेश सांसद तथा नगरपालीकाका मेयर उपमेयर प्रशिक्षण दिईएको हो ।

कार्यक्रममा राष्ट्रिय सभामा मतदान कसरी गर्ने ,एकल मत संक्रमण भनेको के हो र मत संक्रमण कसरी हुन्छ भन्ने विषयमा जानकारी दिईएको थियो । नवलपुरवाट स्थानीय जनप्रतीनिधि १६ जना र संघ तथा प्रदेश सभा सदस्य प्रतिनिधि ६ जना गरि २२ जना राष्ट्रिय सभामा सहभागी हुदैछन ।  कार्यक्रमा जिल्ला निवार्चन कार्यलय नवलपरासी सुस्ता पुर्वका प्रमुख भेषराज धिमिरे र सचिव सुर्य प्रसाद अर्यालले प्रशिक्षण दिनुभएको छ ।

Promise Education Consultancy