प्रदेश ३ को सभामुख र उपसभामुख माघ २७ गते चुनिने

हेटौंडा,१८ माघ ।  प्रदेश ३ को प्रदेशसभा बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको छ।

प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक हैटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा बसेको थियो। ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभाको सभामुखको निर्वाचन मिति तय गरेको छ। सभामुख चयनको निर्वाचन माघ २७ गते दिउँसो ३ बजेका लागि तोकिएको छ।

यस प्रदेशसभाका कुल १ सय १० सदस्य छन् ।

Promise Education Consultancy