गलेश्वर आश्रमको महायज्ञको तयारी अन्तिम चरणमा

 

प्रकाश सिग्देल

चितवन माघ १७ । धार्मिक क्षेत्र देवघाटमा गलेश्वर आश्रमको आयोजनामा माघ २१ गतेदेखि फागुन २ गतेसम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

राष्ट्पति विद्यादेवी भन्डारीले उद्धघाटन गर्ने महायज्ञको सम्पुर्ण तयाारी सम्पन्न भएको संकल्पकर्ता महामण्डलेश्वर आत्मानन्द गिरीले बताउनु भयो ।
महायज्ञलाई निकै भब्य र ब्यवस्थीत गर्न सम्पुर्ण मुल समिति उपसमिती सबै निकै सक्रियताका साथ लागेको उहा बताउनु हुन्छ । यो एउटा निकै सुनौलो अवसर भएकाले यो अवसर नगुमाउन उहाले सबै भत्तजनहरुलाई आग्रह गर्नु भएको छ ।

‘गलेश्वर आश्रम देवघाटधाम विराट महायज्ञ– २०७४’ नाम दिइएको सो महायज्ञवाट संकलित दान द्रब्यबाट गलेश्वर आश्रममा वेद–वेदाङ्ग विद्यालयको स्तरवृद्धि गरिने लक्ष्य लिइएको छ ।
आश्रमले हालसम्म कक्षा ६ देखि १० सम्मको शिक्षा दिइरहेको छ । भौतिक संरचनाको अभावमा विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउन गाह्रो भएको र यसलाई शास्त्रीसम्मको पढाइ विस्तार गर्नका लागि आर्थिक जोहो गर्ने उद्देश्यले सो महायज्ञ आयोजना गर्न लागिएको र स्थायी अन्न क्षेत्रको सुदृढीकरण, अति वृद्धवृद्धाहरुको सेवा केन्द्र स्थापना, देवघाटधाम धर्मार्थ अस्पतालको सेवा विस्तार र नवनिर्मित शिवालय मन्दिरको नित्य पूजा गर्न कोषको स्थापना गर्ने कार्यको लागि खर्च गरिने आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीले बताउनु भयो ।

महायज्ञका अवसरमा पितृ उद्धारका लागि १०८ श्रीमद्भागवत् महापुराण, चौध हजार ६४१ आवृत्तिसहितको अतिरुद्री, शतचण्डी,ब्रहागायत्रि मन्त्रद्धवारा लक्ष्य हवन चारै देवहरुको पाठपारायण ं शिव महापुराण, श्रीम ददेवी भागवत,गणेशपुराण,बिष्णु पुराण, सुर्य पुराणको पाठ पारायण, बिशेष पितृ त्रपर्ण, श्रीमदभागवत गिता र बिष्णु पुराण पाठ, दैनिक सामुहिक गंगा आरती, १०८ लक्ष्य दिप प्रजवलन, भुमिदान तुलादान,गौदान धान्यान्चल आदी अनुष्ठानहरु हुने संकल्प कर्ता अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजी बताउनु हुन्छ ।
सो अवसरमा गलेश्वर आश्रममा झण्डै ८ करोड लागतमा निर्माणसम्पन्न भएको शिव पञ्चायन मन्दिर र धर्मशालाको उद्घाटन सँगै मन्दिर परिसरमै रहेको १०८ नर्वदेश्वर शिवलिङ्गको प्राण प्रतिष्ठा गरिने कार्यक्रम रहेको छ ।

देवघाट क्षेत्र धार्मीक रुपमा निकै महत्वपुर्ण स्थान भएपनि यहा बिशेष प्रकारको मन्दिर नभएका कारण देवघाटको घार्मीक महत्व लाई थप उचो बनाउन आफुले बिगत ५ वर्ष अगाढी देवघाटमा भब्य शिवको मन्दिर निमार्णको संकल्प गरेको र त्यो संकल्प पुरा भएको संकल्प कर्ता आत्मानन्द गिरीजी बताउनु हुन्छ ।
नब निर्मीत शिव मिन्दर भित्र गर्भ गृहमा विशाल नर्मेदेश्वर ज्वतिर शिवंलिगं सहित पन्चायन देवताको मुर्ती खडा गरिने र त्यसको प्राण प्रतिष्ठाका लागी २१ देखी फाल्गुन २ गते सम्म अतिरुद्री हुने छ ।

यो अतिरुद्री अहिले सम्म नेपालमा भएको आफुले थाहा नपाएको र यो भगवानको पालामा मात्रै भएकाले यो मनुस्य जगतका लागी पनि यो कार्य निकै ठुलो र महत्वपुर्ण भएकाले यसमा सरिक भएर तन मन धनले सहयोग गर्न देश तथा बिदेशमा रहनुभएका सबै दानकारी मनहरुलाई महाराजले आग्रह गर्नु भएको छ ।

यस बाट संकलित रकमले बैदिक सनातन धर्म र संस्कृतिको संरक्षण,आध्यात्मिक चेतनाको प्रचार, प्राचिन नेपालि कला र संस्कृतिको संरक्षण बैदिक कालदेखीनै महत्वपुर्ण रहेको देवघाटधामको महत्व अन्तराष्ठीय जगतमा पुर्याउनु, देवघाटमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु, संस्कृत बिद्याको संरक्षण सम्र्बधन गर्नु, बृद्ध बृद्धाहरुलाई ब्यवस्थीत आवासका लागी कुटि निमार्ण गरी आवास तथा खानपानको ब्यवस्था गर्नु लगाएत रहेको देबघाट क्षेत्र बिकास समितिका अध्यक्ष एवं प्रचार प्रसार उपसमितिका संयोजक टंकनाथ पौडेलले बताउनु भयो ।