मञ्जुश्रीलाई सभासदहरुले सहयोग गर्ने प्रतिवद्धता

शान्ता अधिकारी
चितवन, १७ माघ । मञ्जुश्री असाहय संरक्षण गृहलाई चितवनका नवनिर्वाचित सभासदहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संस्थाले आयोजना गरेको नवनिर्वाचित सभासदलाई बधाई एवंम शुभकामना कार्यक्रममा बोल्दै सभासदहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
असाहय महिला तथा बालबालिकालाई उद्धार र संरक्षण दिदै आएको संस्थालाई राज्य पक्षबाट सहयोग नभएको भन्दै चितवन क्षेत्र नंम्बर ३ ख का निर्वाचित सभासद घनश्याम दाहाल अविनाशले मञ्जुश्रीले गरेका काममा आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । एउटा व्यक्तिले यति धेरै बच्चा र महिलाहरुको उद्धार गरेर राज्यलाई नै चुनौती दिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नोपली काँग्रेसका समानुपातिक सभासद मिलबाबु श्रेष्ठले संस्थालाई सहयोग गरिरहेको भन्दै अन्य संस्था भन्दा यो पृथक भएकै कारण आफुले समय समयमा सहयोग गदै आएको बताउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी कञ्चन खनाल, नेपाली काँग्रेसकी गिता वाग्ले, राप्रपा प्रजातान्त्रिककी रिना गुरुग लगाएतले बोल्नु भएको थियो ।
गोरखाली टोल आमा समुहकी अध्यक्ष एवंम कार्यक्रमकी प्रमुख अतिर्थी मिना अधिकारीले दिनहु महिलाहरु हिंसामा र बलत्कारमा पर्ने गरेको भन्दै सभासदहरुलाई कडा कानुन बनाउन आग्रह गर्नु भयो । संरक्षण गृहमा रहेका महिला तथा बालबालिका माथि पनि रातको समयमा ढुगा हान्ने र विभिन्न दुख दिने गरेको भन्दै, हिंसा गर्ने कोही कसैलाइृ पनि राज्ले संरक्षण दिन नहुने बताउनु भयो । आमा समुहले सकेको सहयोग गर्न तयार रहेको भन्दै चोबिसै घण्टा पहरा दिएर भएपनि हिंसामा परेका महिलाहरुलाई न्याय दिने बताउनु भयो । कार्यक्रममा मञ्जुश्री असाहय संरक्षण गृहकी अध्यक्ष मञ्जु खाडको अध्यक्षता रहेको थियो ।