प्रहरीको गोली लागि चितवनमा घाईते भएका टिके डाँका’को स्वास्थ्य अवस्था जटिल

काठमाडौं,१७ माघ । पक्राउ गर्ने खोज्ने क्रममा प्रहरीलाई नै गोली हान्दा जवाफी कारबाहीमा घाइते भएका टिकाबहादुर थापा मगर ‘टिके डाँका’को ट्रमा सेन्टरमा अप्रेसन गरिएको छ। वीर अस्पतालको ट्रमा सेन्टरमा अप्रेसन गरिएका उनी आईसियुमा छन्।

उपचारमा आबद्ध चिकित्सकका अनुसार दाहिने तिघ्राबाट छेडेको गोली पेटको आन्द्रासम्म पुगेको छ। सोही कारण आइतबार उनको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई आईसियुमा राखिएको छ।

माघ ४ गते डिल्लिबजार कारागारबाट भागेका उनलाई खोज्दै गएको महानगरीय अपराध महाशाखाको प्रहरी टोली चितवन पुगेको थियो। मोटरसाइकलमा सवार उनलाई पक्राउ गर्न खोज्दा उनका साथीले प्रहरीलाई गोली हानेका थिए। प्रहरीले जवाफी फायर गर्दा उनी घाइते भएका थिए। उनको अवस्था अझै खतरामुक्त भन्न नसकिने अवस्था रहेको एक चिकित्सकले बताए।

प्रहरीको गोली लागेपछि बेहोस भएका उनी मरेको अनुमान गरिएको थियो। तर, अस्पताल पु¥याएपछि उनको होस खुलेको थियो। लगत्तै काठमाडौं ल्याएर ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।

Promise Education Consultancy