आज बेलुकी चन्द्र ग्रहण: कुन राशिलाई कस्तो फल ?

काठमाडौँ,१७ माघ। माघ शुक्ल पूर्णिमाका दिन आज बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

चन्द्र ग्रहन लागेका बेला कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ भन्ने धेरैको जिज्ञासा हुन्छ।
धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्न सकिने छ। यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन।

समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ।

Promise Education Consultancy