यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन भोली देखि रत्ननगरमा सुरु हुदै

चितवन, १६ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन भोली देखि रत्ननगरमा सुरु हुदैछ । महाधिवेशनको उपराष्टपति नन्दबहादुर पुनले दिउसो एक बजे उद्घान गर्ने गर्नेछन ।
महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी पुरा भएको र बाहिरी जिल्लाहरुबाट प्रतिनिधि तथा परिवेक्षकहरु आउनेक्रम जारी रहेको जनाएको छ ।
महाधिवेशनमा महासंघमा आवद्ध संघ/समितिहरु,पर्यवेक्षक,सदस्य प्रा.लि बाट करिब २ हजार ३ सय जना सहभागी हुने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । मुलुकको संघीय संरचना बमोजिक मन्त्रीपरिषदबाट संशोधित विधान बमोजिम नयाँ नेतृत्वनको चयन गरिने महासचिव सिटौलाले जानकारी दिए ।
महाधिवेशनमा नयाँ कार्यसमिति चयन संग यातायात क्षेत्रमा देखिएका विद्यामान समस्याको सामाधानको लागि सरकासको ध्यानर्कषण गराईने छ । सवारी साधन आयत,लाईसेन्स वितरण,पुराना सवारी साधन र अधिकार सम्पन्न प्राधिकरण स्थापनाको विषयमा छलफल गरी सरकारको ध्यानर्कषण गराईने महासचिव सिटौलाले बताए ।
रत्ननगरको स्टार वेन्क्युटमा हुने महाधिवेशनमा सहभागीहुन सहभागीहरु रत्ननगर आउने क्रम जारी रहेको छ । महाधिवेशनमा सहभागीहरुलाई सौराहाका होटलहरुमा आवासको व्यवस्था मिलाईएको छ ।
महाधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि ८३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।