बँदेल मारेको आरोपमा चितवनबाट एक जना पक्राउ

चितवन,१६ माघ ।  चितवनमा बँदेल मारेको आरोपमा एक जना पक्राउ परेका छन् । कालिका नगरपालिका आठ देवीटारमा बँदेल मारेको आरोपमा मंगलबार बिहान बँदेलको मासू भाग लगाएर झोलामा लिएर हिँडेको अवस्थामा देवीटारकै ४१ बर्षिय चन्द्रबहादुर मगरलाई पक्राऊ गरिएको हो ।

बँदेल मार्ने क्रममा संलग्न अन्यको वन कार्यालयका सुरक्षाकर्मीले खोजि कार्य जारी राखेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बँदेल मार्ने क्रममा आठ जना संलग्न रहेको बताईएको छ । पक्राऊ परेका मगरलाई अहिले सोधपुक्षका लागि वन कार्यालयको हिरासतमा राखिएको छ ।

दोषि ठहरिएमा वन्यजन्तु सम्वन्धि ऐन २०२९ अनुसार पचास हजार जरिवाना र एक वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

Promise Education Consultancy