कांग्रेस नेताले सडकमा बसेर जुत्ता पालिस गरेपछि….

काठमाडौं, १६ माघ । आज माघ १६ गते शहीद दिवसको बिहानै कांग्रेस नेताहरु सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेको दृष्यले सबैलाई आश्चर्यचकित पारिदियो ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता–कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए।

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कांग्रेस नेता चन्द्र भण्डारीले बताए। भण्डारीसँगै कांग्रेस नेता धनराज गुरुङ लगायतका नेताहरु सहभागी थिए ।