काठमाडौँबाट पक्राउ परेका नक्कली डाक्टरहरुको नाम आज सार्वजनिक गरिदैँ

काठमाडौं : प्रहरीले चिकित्सासम्बन्धी योग्यताबिनै उपचार गरी बिरामी ठगेको अभियोगमा राजधानीका विभिन्न अस्पतालबाट नक्कली चिकित्सक र अस्पताल सञ्चालक गरी २० जना पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश चिनियाँ छन् ।आजको अन्नपुर्णपोष्टमा खबर छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले उनीहरूलाई विभिन्न अस्पतालमा बिरामीको उपचार गरिरहेका बेला पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ठमेलस्थित अपोलो अस्पतालका ८ जना चिकित्सक रहेको काउन्सिल स्रोतले बतायो । पक्राउ सबै चिनियाँ नागरिक हुन् ।

प्रहरीले बौद्धस्थित ग्रेटवाल हेल्थ सेन्टर, कपुरधारास्थित सिविक अस्पताललगायत अस्पतालबाट आधा दर्जन नक्कली चिकित्सक पक्राउ गरेको छ । नक्कली चिकित्सकले झुक्याएर उपचार गरेको प्रहरीको दाबी छ । काउन्सिलका एक पदाधिकारीले पक्राउबारे सञ्चारमाध्यममा जानकारी नदिन प्रहरीले आग्रह गरेको बताए । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाको नाम सार्वजनिक गर्ने जनाएको छ ।

Promise Education Consultancy