काठमाडौंका विभिन्न अस्पतालबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं, १५ माघ । अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी नागरिक पक्राउ परेका छन्।काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका हुन्।

राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्रीले बताएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।

अनुसन्धान जारी रहेको र छानबिनपछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए।

डा खत्रीका अनुसार पक्राउ परेका उनीहरु मध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन् । विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलका नियम अनुसार अनुमति लिनुपर्छ।

सिआइबीसँगै काउन्सिलका तर्फबाट छापा मार्न पुगेका डा खत्री भन्छन्, ुउनीहरुले चिकित्सा अध्ययन पनि नगरेको हुन सक्ने देखिएको छ ।ु